काठमाडौं । नेपाली कांग्रेसले संसद विघटनको विरोधमा सोमवार देशभर विरोध प्रदर्शन गर्दै छ ।
काठमाडौंको १० वटै निर्वाचन क्षेत्रमा दिउँसो एक बजे प्रदर्शन हुने कांग्रेसले जनाएको छ । सम्बन्धित निर्वाचन क्षेत्रका नेता, केन्द्रीय सदस्य र अगुवा नेताहरुले विरोध सभालाई सम्बोधन गर्ने भएको छ ।
विरोध सभाहरु काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ नयाँबानेश्वर, होटल एभरेस्ट अगाडि, निर्वाचन क्षेत्र नम्बर २–कोटेश्वर चोक, क्षेत्र नम्बर ३– जोरपाटी चोक, निर्वाचन क्षेत्र नम्बर– ४ नारायणचौर नक्साल, क्षेत्र नम्बर ५– महाराजगन्ज, नारायणगोपाल चोकमा हुने भएको छ ।
त्यसैगरी निर्वाचन क्षेत्र नम्बर ६– मनमैजु, लोकतान्त्रिक चोक, क्षेत्र नम्बर ७–बालाजु चोक, क्षेत्र नम्बर ८ बसन्तपुर डबली, क्षेत्र नम्बर ९– कलंकी चोक र क्षेत्र नम्बर १०–कीर्तिपुर बजारमा विरोध प्रदर्शनको कार्यक्रम रहेको छ ।
Categorized in राष्ट्रिय