११ भाद्र २०८३, बिहिबार
Header

नागढुङ्गाबाट प्रहरीले भन्सारछली गरेर ल्याएको कुर्था सुरुवाल बरामद


प्रकाशित:   सोमबार, २८ जेठ २०७५, १२ः३२ बजे 
- जेम्सज्वेलरीखबर

काठमाडौं । प्रहरीले काठमाडौंको नागढुङ्गाबाट प्रहरीले भन्सारछली गरेर ल्याएको कुर्ता सुरुवाल बरामद गरेको छ ।

 
प्रहरी प्रभाग नागढुङ्गा चेक प्वाईन्टमा खटिएको टोलीले आइतबार भारतबाट काठमाडौं आउँदै गरेको ना.६ख ३१९२ नम्बरको यात्रुवाहक बसमा फल्स बटम बनाई भन्सार छली ल्याएको  करीव २ लाख २५ हजार रुपैयाँ बराबरको लेडिज कुर्था सुरुवालका कपडा ५ सय ७३ थान बरामद गरेको छ ।

 
साथै प्रहरीले बसका चालक र सह–चालकलाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex