काठमाडौं । नेकपा ओली समूहको केन्द्रीय समितिकोे प्रतिनिधिसभा विघटनलाई बैठकले स्वागत गरेको छ ।
बैठकले पार्टीको सम्पूर्ण ध्यान र गतिविधि आगामी वैशाखमा हुने निर्वाचनमा केन्द्रित गर्ने निर्णय समेत गरेको छ ।
काठमाडौमा ओली समूहको दुई दिने बैठकल १६ बुँदे प्रस्तावहरु पारित गर्दै बिहीबार बैठक सकिएको जनाएको छ । बैठकले ओली सरकारलाई सामाजिक आर्थिक रुपान्तरणको नायकका रुपमा स्थापित गर्ने निर्णय गरेको छ ।
बैठकबाट पारित १६ बुँदे प्रस्तावमा सरकारले गरेका कामहरुलाई जनतामा स्थापित गर्ने बताउँदै भनिएको छ, ‘ती कार्यहरुलाई जनताबीच स्थापित गर्ने, सुरु भएका कामलाई सफल पार्ने र थप जनपक्षीय कार्यहरु गर्दै पार्टी र पार्टी नेतृत्वको सरकारलाई सामाजिक आर्थिक रुपान्तरणको नायकका रुपमा स्थापित गर्ने संकल्प गर्दछ ।’
Categorized in राष्ट्रिय