काठमाडौं । नेपाली कांग्रेसले केपी शर्मा ओली सरकारको कदमविरुद्ध देशव्यापी आन्दोलन गर्ने भएको छ ।
विहिवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले पुस १३ गते देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको हो ।
बैठकको निर्णय अनुसार संघीय निर्वाचन क्षेत्रहरूमा विरोध प्रदर्शन गर्ने निर्णय भएको हो । ओली नेतृत्व सरकराले संसद भंग गरपछि उक्त कदमलाई कांग्रेसले असंवैधानिक भनेको छ ।
Categorized in राष्ट्रिय