१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

महानगरले पत्रकार विक्रम शाक्यकी धर्मपत्नी धनलक्ष्मीलाई १ लाख सहयोग गर्ने


प्रकाशित: बुधवार, ८ पुष २०७७, २०ः१० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्व. पत्रकार विक्रम शाक्यकी धर्मपत्नी धनलक्ष्मी शाक्यलाई १ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ ।


महानगरको पुष २७ गते बसेको ५४ औं कार्यपालिका बैठकको निर्णय अनुसार स्व.शाक्यको पत्नी शाक्यलाई उक्त रकम उपलव्ध गराउने भएको हो । 


महानगरको सञ्चार विभागअन्तर्गत मेट्रो एफ. एम. मा कार्यरत भएकै बेला ४९ वर्षको उमेरमा गत असोज १५ गते शाक्यको निधन भएको थियो ।


झण्डै तीन दशकदेखि नेपाली पत्रकारिता क्षेत्रका क्रियाशील शाक्यले नेपाल भाषा, साहित्य, संस्कृति र लिपिको विकासको लागि पत्रकारिताको माध्यमबाट महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । 


यस अघि शाक्यको धर्मपत्नी धनलक्ष्मीलाई नेवाः पत्रकार राष्ट्रिय दबूले पनि एक लाख सहयोग गरेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex