काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले चुनावी प्रतिवबद्धता अनुसार काम अघि बढेको बताएका छन ।
बुधबार मैजुबहाल चक्रपथको करीब २ किलोमिटर बाटो मेयर शाक्यहितको टोली अनुगमनको क्रममा पग्दा स्थानीयसँग भएको कुराकानीमा सो कुरा बताएका हुन ।
मैजुबहाल चक्रपथका स्थानीय रविन्द्र पण्डितले अनुगमनका क्रममा स्थानीयहरुले प्रमुख शाक्यलाई धन्यवाद दिँदै चुनावी प्रतिवद्धता अनुसार विकासको काम भएकोले खुसी समेत व्यक्त गरेका थिए ।
उनले भने,‘चुनावी प्रचारमा आएका बेला बृहत् मैजुवहाल हाइट मार्गमा कालोपत्रे गर्ने, विजुलीका पोल सार्नेलगायतका कार्य सम्पन्न गर्ने प्रतिवद्धता मेयरज्युबाट भएको थियो ।’
त्यसैगरी स्थानीय टिका पराजुलीले सडक कालोपत्र भएपछि उत्साहित हुँदै काठमाडौँ महानगरपालिकाका प्रमुखज्यु र वडा जनप्रतिनिधिलगायतलाई विशेष धन्यवाद दिएका थिए ।
अनुगमनकै क्रममा प्रमुख शाक्यले आफू निर्वाचित भएर आएपछिका तीन वर्षमा वडामा भएका विकास निर्माणका कामको प्रत्यक्ष जानकारी लिन अनुगमनमा निस्किएको जानकारी दिए ।
उनले चुनाव प्रचारका बेला मैजुबहाल चक्रपथको कालोपत्रे गर्नेलगायतका काम आफु निर्वाचित भएपछि पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेको स्मरण गराउँदै काम सम्पन्नको चरणमा आइपुग्दा खुशी लागेको बताए ।
लामो समयदेखि नगरविकास आयोजनाले समेत अलपत्र छाड्दै आएको मैजुबहाल चक्रपथको करीब २ किलोमिटर कालोपत्रे गर्ने, विजुलीका पोल सार्नेलगायतका कार्यका लागि करीब ८ करोड ५० लाखको बजेट हो ।
Categorized in स्थानिय