काठमाडौं । ललितपुर महानगरपालिकाका होर्डिङ बोर्ड मुक्त महानगर हुने भएको छ ।
विहिवार महानगरको १०२ औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा प्रमुख चिरीबाबु महर्जनले सो कुरा बताएका हुन ।
महानगर प्रमुख महर्जनले महानगर क्षेत्र चाँडै नै होर्डिङ बोर्ड मुक्त बनाइने बताउँदै भने, ‘प्राविधिक समस्याका कारण सबै बोर्ड अहिले नै हटाउन अप्ठेरो परेको बताए । तर छिट्टै बोर्ड हटाउने नै महानगरको योजना रहेको उनले सुनाए ।’
ललितपुर क्षेत्रमा महानगरको जानकारीबिनै बोर्ड राखेका तथा कर तिरेर करार सम्झौता पुरा भएका सबै बोर्डहरु धमाधम हटाउन थालिएको छ ।
महानगरले अब देखि बोर्ड राख्ने कुनै सम्झौता नवीकरण नगर्ने प्रमुख महर्जनको भनाई छ ।
Categorized in स्थानिय