४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

महानगरका ३२ वटै वडा भवन निर्माण आफ्नै कार्यकालमा– प्रमुख शाक्य


प्रकाशित: बुधवार, १ पुष २०७७, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगरका ३२ वटै वडाहरु आफ्नै कार्यकालमा निर्माण बताएका छन । 


शाक्यले आफ्नो कार्यकालमा ३२ वटै वडाका वडा भवन व्यवस्थित गर्ने, पुर्ननिर्माण गर्ने र नयाँ निर्माण गर्ने अभियानलाई पूरा गरी छाड्ने पुनः प्रतिवद्धता जाहेर गरेका छन । 


बुधवार वडा २ कार्यालय भवनको शिलान्यास गर्ने क्रममा प्रमुख शाक्यले सबै वडाहरुमा मौलिकता झल्किने र बाहिरी स्वरुप एकै हुने समेत जानकारी दिए । 


उनले अहिले सम्म महानगरका ६ वटा वडा नयाँ भवनको निर्माण सकिएको र ८ वटा वडाको भवन बनाउने प्रक्रिया अघि बढेको बताए । 


२०७४ सालको स्थानीय निर्वाचनपछिको पहिलो कार्यपालिका बैठकले महानगरको केन्द्रीय भवन र सबै वडाको आफ्नै कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको प्रमुख शाक्यले स्मरण गरे । 


भ्याटसहित ५ करोड २८ लाख १० हजार ४ सय ५६ रुपैयाँ लागत अनुमान रहेको वडा निर्माणका लागि बोलपत्रबाट न्यु ड्रागन निर्माण सेवाले भ्याटसहित ४ करोड १७ लाख १५ हजार ९४३ रुपैयाँ लागतमा कवोल गरेको छ ।


कामपा वडा–३ को भवन निर्माण ९५ प्रतिशत सम्पन्न भएको छ भने वडा–४ को भवन पुस मसान्त भित्र सम्पन्न गर्ने लक्ष्य छ । त्यसैगरी वडा–१४ को गृह प्रवेश भैसकेको छ भने वडा–२६ को भबनबाट पनि सेवा सुरु भएको छ । 


महानगरपालिकाका इन्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार वडा–६ को ढलान कार्य सम्पन्न भएको र वडा–१२ को टेन्डर प्रक्रियामा रहेको जानकारी दिए ।


वडा–२२ को दुई तल्ला ढलान भएको छ । वडा–२१ र २९ टेन्डर प्रक्रियामा रहेको छ भने वडा ३१ शिलान्यास हुने प्रक्रियामा छ । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika