२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

मैती अजिमा देवघरको शिलान्यास 


प्रकाशित: आईतवार, २८ मंसिर २०७७, १८ः४० बजे
- महानगरखवर

काठमाडौं । मालीगाउँस्थित मैती अजिमा देवघर (द्यः छेँः ) को शिलान्यास भएको छ । 


काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले देवघरको संयुक्त रुपमा शिलान्यास गरेका हुन ।


यस देव घरमा मैतीदेवी मन्दिरको खट र देउता राख्ने गरिन्छ । हरेक बर्षको तिहारमा पर्ने मैतीदेवी जात्रामा यहाँबाट खट र देवता निकाल्ने गरिएको छ । 


मैतीदेवीलाई गोरखाको प्रसिद्ध मनकामना देवीकी दिदीका रूपमा पुजिन्छ । देव घर २०७२ सालको भूकम्पले जीर्ण बनेको थियो ।


प्रदेश सभा सदस्य नारायण सिलवालकाअनुसार चालु आर्थिक बर्षमा १ करोड रुपैयाँ बिनियोजन भएको छ । २ लाख ६ हजार रुपैयाँ लागत अनुमान गरिएको यस देवघरका लागि बाँकी रकम अर्को बर्ष छुट््याइनेछ ।


महानगरको वडा ५ ले हाँडी गाउँलाई सांस्कृतिक पर्यटकीय क्षेत्रका रुपमा रुपान्तरण गर्ने योजनालाई प्राथमिकता दिएको छ । वडा ५ का अध्यक्ष रमेश डंगोलका अनुसार द्यः छेँः पुननिर्माणले स्थानीयमा हौसला थपिएको अनुभूति गरेको बताए । 


द्यः छेँः निर्माण उपभोक्ता समिति अध्यक्ष रमेशमान मुनिकारका अनुसार मंसिर १३ गतेको साइत पारेर देवघर भत्काउन थालिएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex