६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

भोली नेपाली कांग्रेसको सडक प्रदर्शन


प्रकाशित: आईतवार, २८ मंसिर २०७७, १८ः२० बजे
- महानगरखवर

काठमाडौं । ओली सरकारको सर्वसत्तावादको विरोध गर्दै नेपाली कांग्रेसले सोमवार सडक प्रदर्शन गर्दैछ । 


कांग्रेस सभापति शेर बहादुर देउवाले आईतवार देशव्यापी प्रदर्शनमा उत्साह र एकतासाथ भौतिक दुरी राख्दै शान्तिपूर्ण सहभागिताका लागि अपील गरेका छन । 


७७ वटै जिल्लामा एकसाथ गर्न लागेको प्रदर्शन विशेष रुपले महत्वपूर्ण रहेको अपिलमा जनाएको छ । 


सभापति शेरबहादुर देउवा सरकारलाई सडकदेखि संसदसम्म तीव्र दबाब दिने वताएका छन । प्रतिपक्षका रूपमा कांग्रेसले निरन्तर शालीन, संवादमैत्री र जिम्मेवार भूमिका निभाउँदै आएको तर वर्तमान सरकारले त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गरेको उनको आरोप छ । ‘अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लग्यो,’ देउवाले भनेका छन ।


उनले प्रदर्शनलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन, भौतिक दुरी राख्न तथा मास्क प्रयोग गर्न अपील गरेका छन ।


अपिलमा भनिएको छ, ‘कोरोनाबाट जनताको रक्षा गर्ने गम्भीर दृष्टि र सुविचारित कार्ययोजना नहुंदा सयौंको मृत्यु भएको छ भने हरेक नेपालीले मृत्युको सन्त्रास भोग्नु परेको छ । कोरोनाकालिन नीति, दृष्टिकोण र ठोस कार्यक्रम नहुंदा मुलुकको अर्थतन्त्र झनै कमजोर बन्न पुगेको छ । चौतर्फी संकटबाट मुलुकलाई निकासको मार्गमा लग्न गम्भीर भएर कार्य गर्नुपर्ने सरकार सत्ताको द्वन्द्वमा जकडिएको छ । यस्तो परिदृश्यमा जनतामा प्रश्न, आक्रोश र वितृष्णा बढ्नु विल्कुलै स्वभाविक छ ।’
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex