४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

२६ औ महानगर दिवसमा ‘मृगौला बचाउ अभियान’ घोषणा गरिने


प्रकाशित: आईतवार, २८ मंसिर २०७७, १७ः४० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले सोमबार २६ औं महानगर दिवस सोमवार मनाउने भएको छ ।


आईतवार महानगर दिवसको वारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महानगर प्रमुख विद्यासुन्दर शाक्यले यस दिवसमा ‘मृगौला बचाउ अभियान’ घोषणा गरिने जानकारी दिए ।


प्रमुख शाक्यले भने,‘समयमै सावधानी अपनाउन सके लाखौँ रुपैयाँ खर्च गर्नु पर्ने र लामो समयसम्म पीडा खप्न बाध्य मृगौलाको सम्भावित जोखिम र रोगबाट बच्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न ‘मृगौला बचाउ अभियान’ घोषणा गर्न लागेको हो ।’


काठमाडौँ महानगरपालिकाले सामूदायिक र सरकारी अस्पतालसँगको सहकार्यमा मिर्गौलामा समस्या भएका महानगरवासीका लागि निःशुल्क हेमोडाइलासिस सेवा सञ्चालन गर्ने, अक्सिजन प्लाण्ट राख्ने, कोभिड–१९ को महामारीका बेला स्वास्थ्य सामग्रीसँगै पीसीआर मेसिन हस्तान्तरण गर्नेलगायतका काम गर्दै आएको छ । 


महानगरसँग एकथान पीसीआर मेसिन अझै रहेकोले कुनै अस्पतालमा अभाव भए दिने पनि सो अवसरमा प्रमुख शाक्यले घोषणा गरे । 


कोभिड–१९ संक्रमणको जोखिमका कारण जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरी महानगर दिवस मनाउन लागेको हो ।


राष्ट्रिय सभागृहमा आयोजित हुने यस कार्यक्रममा ज्यापु समुदायका परम्परागत ६३ गुठीहरु, खड्गी समुदायका ६० वटा गुठीहरु, गुँला बाजाका २३ समूहहरु, इन्द्राजात्रामा निकालिने पुलुकिसि, दीप्याखं, लाखे प्याखं, हल्चोक आकाश भैरव लगायतका बुजाका गुरुहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।


उक्त सम्मानबाट सम्मानित हुनेलाई जनही ३० हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गर्ने कामपाले जनाएको छ । 


यस्तै पहिलो जननिर्वाचित मेयर स्वर्गीय जनकमान श्रेष्ठको नाममा स्थापना गरिएको ‘जनकमान श्रेष्ठ स्वशासन पुरस्कार’ २ जना जनप्रतिनिधि र २ जना कर्मचारीलाई प्रदान गर्ने भएको छ । 


सेवा प्रवाहमा खटिरहेका पाँच जना जनप्रतिनिधि र पाँच जना कर्मचारीहरुलाई स्थानीय गौरब पदकबाट सम्मानित गरिने तथा उनीहरुलाई एक लाख नगद र पदकसहित सम्मान गरिने छ । 


यस बाहेक १० जना कर्मचारीहरुलाई २५ हजार नगदसहित उत्कृष्ट सम्मान पुरस्कारबाट सम्मान गर्ने कार्यक्रम रहेको पनि महानगरपालिकाले जनाएको छ । यस्तै महानगरबाट प्रवाह हुने सेवा तथा कामका विषयमा नियमित समाचार प्रकाशन–प्रसारण गरेर नागरिकको पहुँचसम्म सूचना सेवा प्रदान गर्ने १० जना सञ्चारकर्मीलाई ‘सुशासन पत्रकारिता पुरस्कार’प्रदान गर्ने भएको छ ।


साथै इन्द्रजात्रा सम्बन्धी अनुसन्धानात्मक पुस्तक विमोचन, उत्कृष्ट वडाको घोषणा एवं सम्मान गर्ने कार्यक्रम पनि रहेको छ । यो पटक महानगरसम्बन्धी एक गीत पनि सार्वजनिक गरिने भएको छ ।  


महानगर पालिकाले २०५२ साल मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरिएको दिनलाई आधार मानेर हरेक वर्ष सोही दिन महानगर दिवस मनाउँदै आएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika