१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

दरबारमार्गमा बैंकको एटिएम तोडफोड गर्ने पक्राउ


प्रकाशित: शनिवार, २७ मंसिर २०७७, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रहरीले काठमाडौं दरबारमार्गस्थित नेपाल इन्भेस्टमेन्ट बैंकको एटिएम तोडफोड गर्ने एक जनालाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा खोटाङ घर भई चुनिखेल बस्ने ४० वर्षीय आनन्द तामाङलाई रहेको महानगरीय प्रहरी वृत्त दरबारमार्गले शनिवार पक्राउ गरेको हो । 


प्रहरीका अनुसार मानसिक बिरामी रहेको उनलाई पाटन मानसिक अस्पतालमा लगिएको छ । तामाङका दिदी भिनाजूले नै उनी मानसिक रोगी बताए पछि पाटन पठाएको हो । 


तोडफोडबाट बैंकको बुथको सिसा फुटेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex