काठमाडौं । काठमाडौ महानगरपालिकाले महानगरवासीको सुझाव लिनको लागि ३० स्थानमा सर्वेक्षण बुथ राखेको छ ।
२६ औ महानगर दिवसको अवसरमा महानगरवासीको सुझाव, सल्लाह तथा धारणा लिन काठमाडौंको विभिन्न स्थानमा बुथ राखेको महानगरपालिकाले जनाएको छ ।
शनिवार, आईतवार र सोमवार सम्म वागबजार, पुतलीसडक, बसन्तपुर, कालिमाटी, कंलकी चोक लगायतका स्थानहरुमा डेस्क राखिएको हो ।
सर्वेक्षणमा सहभागी भए बापत निःशुल्क मास्कको प्याकेट समेत वितरण गरिने कामपाले जनाएको छ । उक्त सर्वेक्षण बुथमा महानगरवासी जो कोहि पनि समावेश हुन सक्नेछन ।
महानगरपालिकाले बुथमा गएर सर्वेक्षणमा सहभागी भई सहयोग गरिदिनुहुन आग्रह समेत गरेको छ ।
१९७६ पुष ३ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत संरचना विकास हुँदै २०५२ साल मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरिएको हो ।
तस्वीरः देबेन्द्र खड्गी (बागबजार– २८ वडा सदस्य)

Categorized in स्थानिय