३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

स्वयम्भूबाट गैंडाको खाग सहित पाँच जना पक्राउ परेका 


प्रकाशित: शुक्रवार, २६ मंसिर २०७७, १७ः४० बजे
- महानगरखवर

काठमाडौं । स्वयम्भूबाट गैंडाको खाग सहित पाँच जना पक्राउ परेको प्रहरीले जनाएका छन । 


महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार काठमाडौं महानगर–१५ स्वयम्भू किमडोलबाट पाँच जनालाई पक्राउ गरेको हो । 


पक्राउ पर्नेमा काठमाडौं झोँछेका ४१ वर्षीय रिकेश शाक्य, ३५ वर्षीय सुरेश शाक्य, ३९ वर्षीय अनिल श्रेष्ठ, नुवाकोट मेघाङ गाउँपालिका–६का २६ वर्षीय रामसिंह तामाङ र २२ वर्षीया मुना तामाङ छ रहेका  छन । 


बिक्री वितरण गर्न कोठामा राखिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई खागसहित पक्राउ गरेको हो । 


उनीहरूमाथि राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन– २०२९ अन्तर्गत आवश्‍यक अनुसन्धानको लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex