काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना खोप ल्याउने बारे मन्त्रीहरुसँग छलफल गरेको छ ।
उपप्रधानमन्त्री तथा सीसीएमसी) का निर्देशक समितिका संयोजक ईश्वर पोखरेलले शुक्रवार कोरोना भाइरसको खोप ल्याउने विषयमा मन्त्रीहरुसँग छलफल गरेका छन ।
सिंहदरबारमा गृह, अर्थ, परराष्ट्र, सामान्य प्रशासन, स्वास्थ्य, पर्यटनमन्त्री, मुख्यसचिव र सचिवहरुसँग उपप्रम पोख्रेलले सामूहिक छलफल गरेका हुन ।
आम सर्वसाधरणलाई समयमै निःशुल्क खोप उपलब्ध गराउनेबारेमा सीसीएमसीमा आबद्ध मन्त्रीहरुसँग पछिल्ला सरकारका निर्णय र त्यसमा भैरहेको प्रगतिकाबारेमा छलफल गरिएको जनाइएको छ ।
बैठकले कोभिड–१९ भाइरस नियन्त्रण सम्बन्धी कार्यको बारेमा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यका साथ प्रकाशन गर्ने निर्णय पनि गरेको छ ।
Categorized in स्वास्थ्य