काठमाडौं । प्रहरीले रौतहटस्थित बागमती नदी किनारामा १२ बर्षीय शनिदेवल भनिने युवराज साहको शव फेला परेको जनाएको छ ।
प्रहरीका अनुसार रौतहटमा कटहरिया नगरपालिका–९ डुुमरिया गाउँका स्वास्थ्यकर्मी अहेव दिलीप साहका १२ वर्षीय छोरा शनिदेवल अपहरणपछि हत्या भएको प्रहरीले जनाएको छ ।
शनिबार राति नाबालक साह खाना खाएर घरमा सुुतिरहेका थिए तर आइतबार बिहान उनका दाजुु निरञ्जन साह मोबाइल खाज्दै भाइ सुुतेको कोठाभित्र जाँदा मोबाइलसँगै युुवराज बेपत्ता भएको थाहा पएको थियो ।
प्रहरीले अपहरण तथा हत्याको अरोपमा ५ जना स्थानीयलाई पक्राउ गरेको छ । प्रक्राउ परेकाहरुको बयानको आधारमा शब मृतकको घर कटहरिया–९ देखि झण्डै ३० किलोमिटर पूर्व गढीमाई नगरपालिका वडा ३ र ५ बागमती नदी किनारको बगरबाट उनको शव भटेएिको प्रहरीले जनाएको छ ।
हत्याको कारण भने खुुल्न नसकेको तथा घटनाबारे अनुुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृतकको शव अहिले परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको छ ।
Categorized in समाज