४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

ब्रुमरबाट उठाएको धुलोबाट ईटा बनाउँदै महानगर


प्रकाशित: शुक्रवार, २६ मंसिर २०७७, १७ः०० बजे
- महानगरखवर

काठमाडौं ।ब्रुमरले सडकबाट उठाएको धुलोबाट काठमाडौं महानगरपालिकाले इँटा बनाउने तयारी गरेको छ । 


महानगरले झण्डै दुई वर्षदेखि सडकमा ब्रुमरको सहायताले संकलन गरेको धुलो सङ्कलन करीब छ हजार ५०० टन धुलो जम्मा भइसकेको छ । 


कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार संकलित धुलोबाट इँटा बनाउन सकिने भएकोले उपयोग गर्ने विषयमा सम्बन्धित व्यक्तिसँग कामपाले छलफल गर्न थालेको  छ । सङ्कलित धुलो टेकुमा व्यवस्थापन गरिएको छ ।  


महानगरले सुन्दर शहर निर्माण गर्ने कार्यअनुरुप अत्याधुनिक यन्त्रबाट सडक सफा गर्न थालेको हो । विसं २०७५ फागुन २८ गते इटालीबाट रु १० करोड ८० लाखमा ल्याइएका उक्त बु्रमरले नियमित भइरहेको महानगरको भनाइ छ ।  

  
सडकका मुख्य स्थान नयाँसडक, रत्नपार्क, जमल, कालीमाटी, कलङ्की, पुतलीसडक, बिजुलीबजारलगायत स्थानमा खाल्डाखुल्डी रहेकाले महानगरले सडक विभागसँग पुर्न आग्रह गरेको छ । 


दैनिक १० किलोमिटरसम्मको धुलो सङ्कलन गर्न सक्ने क्षमताका पाँच ब्रुमरमध्ये चार वटा १६ टन क्षमता बराबरका तथा अर्को एउटा छ टन क्षमताका छन । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika