१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

भक्तपुरमा पुस १ देखि विद्यालय सञ्चालन


प्रकाशित: विहिवार, २५ मंसिर २०७७, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । भक्तपुर नगरपालिकामा पुस १ देखि विद्यालय सञ्चालन हुने भएको छ ।


नगरपालिका प्रमुख सुनील प्रजापतिका अनुसार कक्षा ८, ९ र १० का विद्यार्थीलाई आलोपालो प्रणालीबाट पढाउन अनुमति दिने निर्णय गरेको हो । 


नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द रहेको विद्यालय पुषबाट सञ्चालनमा आउने भएको हो । 


प्रजापतिले नगरवासी अभिभावक, विद्यार्थी, शिक्षक—शिक्षिका, विद्यालय सञ्चालकलगायत सरोकारवालाहरूबाट प्राप्त राय सुझाव र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ बमोजिम नगरभित्रका विद्यालयहरूमा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना अनिवार्य गरिएको बताएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex