काठमाडौं । आगामी पुस पहिलो सातादेखि बन्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन हुने भएको छ ।
शहरी विकास मन्त्रालयका अनुसार पछिल्लो समय निर्माण काम धमाधम भएकोले आगामी पुस पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिल साइटमा फोहर व्यवस्थापन गर्न सकिने जनाएको छ ।
काठमाडौँ महानगरपलिकाले केन्द्र सरकारले नै ल्याण्डफिल निर्माण गर्नुपर्छ भन्ने माग राखेपछि मन्त्रिपरिषद् बैठकले दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम शहरी विकास मन्त्रालयलाई दिने निर्णयअनुरुप मन्त्रालयले उक्त जिम्मेवारी पाएको हो ।
अहिले नुवाकोटको सिसडोलमा उपत्यकाकाको १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको छ । उपत्यकाबाट दैनिक करिब एक हजार मेट्रिक टन फोहर निस्कन्छ ।
Categorized in स्थानिय