काठमाडौं । बहुप्रतिक्षित बार्ताको लागि उत्तर कोरियाली नेता नेता किम जोङ–उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सिंगापुर पुगेका छन ।
क्यानडामा भएको जी–७ बैठकबाट सिधै अमेरिकी राष्ट्रपति ट्रम्प हवाई सेनाको जहाजबाट सिधै सिंगापुर ओर्लेका हुन ।
उत्तर कोरियाली नेता किम सिंगापुर पुगेको केही घण्टापछि त्यहाँ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
उत्तर कोरियाली टोलीमा वरिष्ठ सहयोगी र सुरक्षा गार्डहरू रहेका छन् उत्तर कोरियाली टोली सेन्ट रेगिस होटलमा बसेको रोयटर्सले जनाएको छ । किमले सिंगापुरका प्रधानमन्त्री लि सियेन लुंगसँग भेटवार्ता गरेका थिए ।
बार्ता मंगलबारको लागि तय गरेका छन तर बार्ता लिले ट्रम्पसँग पनि भेट गर्ने जनाइएको छ । बीबीसीले उक्त वार्ताका लागि २० मिलियन सिंगापुर डलर ९करिब १ सय ६० करोड रुपैयाँ खर्च गर्ने जनाएको छ ।
ट्रम्प र किमबीच मंगलबार सिंगापुरको सेन्तोसा टापुस्थित क्यापिला होटलमा शिखर बैठक हुने भएको छ ।
बीवीसी
Categorized in अन्तर्राष्ट्रिय