काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई मंगलवार सार्वजनिक गरिएको छ ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले राजधानीमा आयोजित विशेष कार्यक्रम सगरमाथाको उचाई ८ हजार ८ सय ४८.८६ पुगेको जानकारी दिए । यसअघि सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर थियो ।
नेपाल र चीनले एकै पटक सगरमाथाको उचाई सार्वजनिक गरेका हुन ।
नेपालले नापी विभागका दुई अधिकारीहरु खिमलाल गौतम र रविन कार्की सम्मिलित टोलीले सन २०१९ मा सगरमाथाको चुचुरोमा पुगेर नयाँ उचाइ मापन गरेको थियो ।
टोलीले ग्लोवल न्याभिकेसन स्याटलाइट सिस्टम (जिएनएसएस) प्रविधिबाट सगरमाथा मापन गरेको हो । सुशिल डंगोलको संयोजकत्वमा सगरमाथा मापन सचिवालय टोली गठन गरिएको थियो ।
सन १८४७ मा तत्कालीन भारतीय सर्वेयर जनरल कर्णेल जर्ज एभरेष्टको नाममा विश्वको सर्वोच्च हिमशिखरलाई अङ्ग्रेजीमा माउन्ट एभरेष्ट नामाकरण गरिएको हो ।
Categorized in राष्ट्रिय