३ भाद्र २०८३, बुधबार
Header

टुकुचा (इचु) खोलाको पानीलाई प्रशोधन गरिने


प्रकाशित: सोमवार, २२ मंसिर २०७७, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । सरकारले टुकुचा (इचु) खोलाको पानीलाई प्रशोधन गर्नको लागि टेण्डर आव्हान गरेको छ । 


खोला आसपास बसेका बस्तीबाट निस्कने ढललाई व्यवस्थित गर्न पाइपलाइन बिछ्याउन खर्चिलो देखेपछि खोलाको ढललाई नै सीधै प्रशोधन गर्ने गरी पानी उपचार केन्द्र बनाउन लागिएको हो ।


टुकुचाको किनारमा दायाँ–बाँया ढलको पाइप बिछ्याउने काम सम्भव नदेखिएकोले पानी प्रसोधन गरेर बाग्मतीमामा प्रशोधित पानी मिसाउने तयारी गरेको हो ।


बाग्मती सभ्यता एकीकृत विकास समितिका सिनियर डिभिजनल इन्जिनियर रवीन्द्र रायका अनुसार टुकुचा खोलाबाट बग्ने फोहोर पानीलाई प्रशोधन गर्ने गरी टुकुचा क्षेत्रमै प्रशोधन प्लान्ट बनाउन टेन्डर आहृवान भएको हो ।


उनका अनुसार हिँउदमा लेदो भएर बेग्ने टुकुचा खोलाको ढललाई बाग्मतीमा मिसिनुभन्दा अघि नै शद्धीकरण गर्ने योजना अनुरुप यो टेन्डर भएको हो ।


टुकुचामा पानी प्रसोधनको लागि निर्माण गरिने केन्द्रको लागि करिब साढे ३ अर्ब रुपैयाँ लाग्ने अनुमान  गरिएको छ । 


अब बन्ने प्रशोधन केन्द्रबाट दिनमा १ करोड ६३ लाख लिटर पानी प्रशेधन भएर बागमतीमा खसालिनेछ । यो प्लान्टलाई दुर्गन्धरहित र व्यवस्थित रुपमा सञ्चालन गरिने समितिलेजनाएको  छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex