२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरलाई २ थान कम्प्रेस्ड गारवेज ट्रक उपहार


प्रकाशित: आईतवार, २१ मंसिर २०७७, १८ः२० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरलाई २ थान कम्प्रेस्ड गारवेज ट्रक चीनबाट उपहार स्वरुप प्राप्त भएको छ । 


चीनको तिब्बत स्वशाशित क्षेत्रमा रहेको भगिनी सहर ल्हासाबाट महानगरलाई सो ट्रक उपहार प्राप्त भएको महानगरपालिकाले जनाएको छ ।


महानगरका प्रमुख विद्यासुन्दर शाक्यले ट्रक प्राप्त भएपछि काठमाडौं महानगर र काठमाडौं महानगरबासीकातर्फबाट ल्हासा नगर र त्यहाँका जनताप्रति आभार व्यक्त गरेका छन । 


प्रमुख शाक्यले २०७६ सालको इन्द्रजात्रा अवलोकन गर्न आएका चिनको मेयर गुहेओले त्यसबेलाको भेटमा काठमाडौंको सरसफाइका लागि कम्प्रेस्ड गारवेज ट्रक दिने वाचा गरे अनुसार उपहार पठाएको जानकारी दिए । 


ल्हासा नगरलेले ट्रक उपहार पठाउदै लेखेको पत्रमा भनेको छ,‘ नदी र हिमालयले जोडिएका हामी दुई नगर आपसको हित चिताउँछौं । हामी काठमाडौंको वातारण सफा र स्बच्छ होस् । सरसफाइ राम्रो होस् भन्ने चाहन्छौं । त्यसैले २ वटा कम्प्रेस्ड गारवेज ट्रक उपहार पठाएका छौं ।


यी ट्रकको मूल्य १० लाख ६० हजार युआन (करीब १ करोड ९० लाख रुपैयाँ) हो । ल्हासाबाट सडक मार्ग हुँदै ल्याइएका ट्रकहरु मंसिर १४ गते साँझ खासा मितेरी पुल ल्याइपु¥याइएको थियो ।


आईतवार महानगरका प्रमुख शाक्यले ट्रकको साँचो यन्त्र तथा उपकरण महाशाखा प्रमुख पुरुषोत्तम शाक्यलाई हस्तान्तरण गरेका छन ।


१९० हर्ज पावरको इञ्जिन भएको ट्रक ८ गेयरमा चल्छ । ७ हजार २०५ किलोग्राम फोहोर कम्प्रेस गरेर बोक्नु यसको मुख्य विशेषता हो । 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex