काठमाडौं । काठमाडौं महानगरको वडा १८ किला घः मा रहेको मन्दिरको ह्याउँम्ह किसि देयग (रातो हात्ती मन्दिर) को पुननिर्माण सम्पन्न भएको छ ।
शनिवार एक कार्यक्रम विच काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले मन्दिरको उद्घाटन गर्दै भने, ‘स्थानीइ भाषा, कला, साहित्य, सिर्जना, सम्पदा र सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने दायित्व महानगरको हो । यसका लागि हामीले आवश्यक पर्ने जत्ति रकम खर्च गर्न सक्छौं ।
‘तपाई हाम्रो साझा प्रयासमा सम्पदा जोगाउन सकिन्छ । खुट्टा तान्ने र खेदो खन्ने प्रवृत्तिबाट मुक्त हुनुपर्छ ।’ मेयर शाक्यले भन्नुभयो — ‘कतै गलत भएको देखियो भेटियो भने तत्काल सुधार गर्नुपर्छ । राम्रा कामको प्रोत्साहन गर्ने बानीको विकास गर्नुपर्छ ।’
सो अवसरमा वडा १८ का अध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जनले भित्री सहरका नाम अपभ्रंस भएर अर्कै उच्चारण हुन थालेपछि सडक, चोक र गल्लीको नाम रञ्जना लिपी, नेपाली र अंग्रेजी भाषामा नाम लेख्न थालिएको बताए ।
२०७२ सालको भूकम्पले जीर्ण बनेको मन्दिरलाई पहिलेको संंरचनामा देखिएका त्रुटी सच्याएर पुननिर्माण गरिएको छ । करीब १३ लाख ५० रुपैयाँ लागतमा निर्माण सम्पन्न मन्दिरमा पहिले झिँगटीको बनाइएको हात्तीको सरीरलाई अहिले तामाको बनाइएको छ । रेलिङ्मा काठ राखिएको छ । पहिलेको काठको आसनलाई अहिले तामाले घेरिएको छ ।
दैनिक पूजा आजा हुने मन्दिरमा इन्द्रजात्राको अन्तिम दिन (नानिचा या) का दिन बिशेष पूजा हुन्छ ।
Categorized in सम्पदा/संस्कृति