काठमाडौं । गैरन्यायिक सडक विस्तार विरुद्ध बालाजु वाईपासमा शनिवार प्रदर्शन भएको छ ।
उपत्यका सरोकार मञ्चको आव्हानमा आयोजित विरोध प्रदर्शनमा पीडितहरुले सरकारको गैरन्यायिक कार्यको कडा रुपमा विरोध गरेका छन ।
उनीहरुले सर्वोच्चको आदेश विपरित सडक विस्तार गैर कानुन भएको भएको भन्दै आफ्नो भूमि फिर्ता गर्नु पर्ने माग गरेका थिए ।
प्रदर्शनको क्रममा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरविरुद्ध नारावाजी गर्दै पुतला समेत दहन गरेका थिए ।
उक्त प्रदर्शनमा सरोकारवाला, संघ, संस्थाहरुको व्यापक उपस्थिती रहेको थियो ।

Categorized in समाज