१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

गैरन्यायिक सडक विस्तार विरुद्ध बालाजुमा केन्द्रिकृत आन्दोलन


प्रकाशित: शुक्रवार, १९ मंसिर २०७७, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । गैरन्यायिक सडक विस्तार विरुद्ध पीडितहरुले शनिवार बालाजुमा केन्द्रिकृत आन्दोलन गर्ने भएको छ । 


शनिवार दिउँसो १ः३० बजे बालाजु बाईपासमा उपत्यका सरोकार मञ्चले सम्पूर्णलाई आन्दोलनमा ऐक्यबद्धता जनाउँन आव्हान गरेको छ ।  समस्त न्यायप्रेमी जनसमुदायमा ऐक्यबद्धता, साथ, समर्थन र उपस्थितिको लागि विभिन्न नेवाः अभियान्ता, नेता तथा संघ, संगठनका व्यक्तिहरुले समेत सो केन्द्रिकृत आन्दोलनमा एक्येबद्धता जनाएको छ । 


नेवाःदेय् दबुका संरक्षक मल्ल के. सुन्दर, गूठी आन्दोलनका संयोजक डा. महेशमान श्रेष्ठ, वरिष्ठ समाजसेवी तथा पूर्व वडा अध्यक्ष पवित्र बज्राचार्य लगायतले आन्दोलनमा एक्येबद्धता जनाउन अपिल गरेका छन । 


सो क्षेत्रमा उपत्यका सडक विस्तार पिडित संघर्ष समिति, ल्हुति, बालाजुको आयोजना तथा उपत्यकाब्यापी सडक बिस्तार पिडित संघर्ष समितिको संयोजनमा रिले अनशन जारी छ । 


सर्वोच्चको आदेश विपरित सरकारले वाईपास क्षेत्रका स्थानीयहरुको घरमा डोजर लगाई सडक विस्तार गरेपछि पीडितहरु आक्रोशित बनेको छ । 


विगत लामो समयदेखि विवादास्पद बनेको बालाजु वाइपास सडक खण्डमा फेरि डोजर चलाएर सडकको कामलाई अगाडि बढाइएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex