१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरद्धारा नेपाल भाषाको पाठयक्रम पढाउने तयारी


प्रकाशित: शुक्रवार, १९ मंसिर २०७७, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा १ देखि कक्षा ८ सम्म अनिवार्य विषयका रूपमा ‘येँ देय् म्हसीके’नामक उक्त पाठ्यपुस्तक पठनपाठन पढाउने तयारी गरेको छ । 


महानगरपालिकाले आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा पढाउने स्थानीय विषयको पाठ्यपुस्तक तयार गरेको छ ।


महानगरपालिकाको ५१ औं कार्यपालिका बैठकको निर्णय अनुसार यही चालु शैक्षिक सत्रबाटै पठन–पाठन सुरू गर्ने तयारी गरेको हो ।


महानगरपालिकाभित्र ९२ वटा सामुदायिक विद्यालयमध्ये ८६ वटा साधारण विद्यालय, ३ वटा विशेष र ३ वटा विद्यालय बन्दीहरूका लागि रहेको र संस्थागत विद्यालयको संख्या करिब ६ सय ४० रहेको भन्दै यी सबै विद्यालयमा १०० पूर्णाङ्कको स्थानीय विषयको पठन–पाठन हुने महानगरपालिकाले जनाएको छ । 


महानगरपालिकाले आफ्नो क्षेत्रभित्र मानिने चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा,  स्वास्थ्य र सरसफाइ, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपीजस्ता विषयबारे परिचित गराउने उद्देश्यले यो विषयको पठन–पाठन सुरू गरेका हो ।

 
काठमाडौं महानगरको परिचय दिँदा प्रयोग गरिने धेरै शब्दहरू नेपालभाषाकै हुने र यहाँको स्थानीय भाषामै पठनपाठन हुँदा नगरलाई अझ नजिकबाट बुझ्न सकिने भएकोले यो पाठ्यपुस्तक नेपालभाषामा तयार गरिएको हो । 


नेपालको संविधानको भाग ३ मौलिक हक अन्तर्गत धारा ३२ को उपधारा (२) व (३) मा मुलुकको हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा स्थानीय पाठ्यक्रमका रूपमा आफैंले एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex