१८ बैशाख २०८१, मंगलबार
Header

१० महिनामा नेपाल सरकारको बजेट घाटा रु १३८ अर्ब २३ करोड


प्रकाशित: आईतबार, २७ जेठ २०७५, १९ः३५ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आईतबार जारी गरेको मुलुकको आर्थिक चित्र अनुसार नेपाल सरकारको बजेट घाटा रु १३८ अर्ब २३ करोड पुगेको छ । चालु आर्थिक वर्षको १० महिनासम्मको अवधिलाई आधार मानेर तयारी पारेको आर्थिक परिदृश्यले बजेट घाटामा व्यापक वृद्धि भएको हो ।

 
अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु ५१ करोड थियो । अघिल्लो वर्षको १० महिनामा चालु खाता रु सात अर्ब ५७ करोडले घाटामा रहेकामा समीक्षा अवधिमा सो घाटामा उल्लेख्य विस्तार भई रु १९१ अर्ब दुई करोड पुगेको छ ।

 
अघिल्लो वर्षको १० महिनामा रु ५३ अर्ब ८१ करोडले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा रु १८ अर्ब ९३ करोडले घाटामा रहेको छ । राष्ट्र बैंकका अनुसार आव १० महिनासम्ममा कूल वस्तु निर्यात ९.२ प्रतिशतले वृद्धि भई रु ६६ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ९.८ प्रतिशतले वृद्धि भएको थियो । सो अवधिमा भारततर्फ ७.१ प्रतिशत, चीनतर्फ ८७.४ प्रतिशत र अन्य मुलुकतर्फ ७.७ प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा अलंैँची, जुटको बोरा, पोलिष्टर यार्न, धागो, अदुवालगायत वस्तुको निर्यात बढेको तथा जिआइ पाइप, जुस, जुटको डोरी, उनी गलैँचा, पस्मिनालगायत वस्तुको निर्यात घटेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD