४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

काठमाडौंले सहरी शासनको अभ्यास गरेको १ सय बर्ष पूरा


प्रकाशित: शनिवार, १३ मंसिर २०७७, १७ः०० बजे
- महानगरखवर

नवलपरासी । काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंले सहरी शासनको अभ्यास गरेको १ सय बर्ष पूरा गरेको बताएको छ ।


प्रमुख शाक्यले शनिवार कावासोती नगरपालिका भ्रमणको क्रममा सो कुरा बताएका हुन ।


प्रमुख शाक्यले सो अवसरमा सहरी आचरण, सहरी शासन र विकास व्यवस्थापनमा नयाँ नगरले पुरानाबाट धेरै कुरा सिक्न सक्ने तथा एकीकृत विकास व्यवस्थापन प्रणाली स्थापना गर्न नसक्दा काठमाडौंले गरेका विकास पूर्वाधार काम अस्थायी भएको समेत बताए  । एकीकृत विकास नहुँदा यो अवस्था भएको उनको भनाई थियो । 


प्रमुख शाक्यको नेतृत्वमा नवलपरासी जिल्लाको रामग्राम नगरसँग भगिनी सम्बन्ध स्थापना सम्झौतामा हस्ताक्षर गर्न जाने क्रममा कावासोती नगरपालिका समेत पुगेका थिए । 


स्थानीय शासनलाई मजवुत बनाउन पुर्नेमा जोड दिँदै प्रमुख शाक्यले भने,‘ पूर्वाधार विकास, फोहोरमैला व्यवस्थापन र सहरी सुबिधा वितरण पूर्वाधारको अन्तरसम्बन्ध मिलाएर काम गर्न जरुरी छ ।’


भ्रमण टोलीमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडाध्यक्ष र कार्यपालिका सदस्यहरु सहभागी छन । 


त्यस क्रममा महानगरका कानुन बिभागका प्रमुख बसन्त आचार्यले स्थानीय स्वायत्त शासन नामक पुस्तक प्रमुख चन्द्रकुमारी पुनलाई र मेलमिलाप नामक पुस्तक उपप्रमुख प्रेम शंकर मर्दनीय थारुलाई हस्तान्तरण गरेका थिए । 


रामग्राम नगरसँग भगिनी सम्बन्ध सहमति पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीका अनुसार काठमाडौं महानगरले देशभित्रका नगरसँग भगिनी सम्बन्ध सम्झौतामा हस्ताक्षर गरेको यही नै पहिलो हो ।

 
महानगरले जुम्लाको चन्दननाथ नगरपालिका र सिन्धुपलाञ्चोकको मेलम्ची नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्ने निर्णय गरिसकेको छ । ती नगरसँग समय मिलाएर सम्झौता हुनेछ ।

 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika