काठमाडौं । काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले ज्याथा पञ्चदान गुठी प्रजापति खल भवन निर्माणको शिलान्यास गरेका छन ।
कामपा वडा २५ ज्याथा द्योलुवीमा खलले आयोजना गरेको कार्यक्रममा प्रमुख शाक्यले भवन निर्माणको शिलान्यास गर्दै भने,‘ मूर्त अमूर्त कुनै पनि सांस्कृतिक सम्पदाको पुननिर्माण, मर्मत सम्भारका लागि खर्चको अभाव नहुने र प्रक्रियामा ढिलासुस्ती हुँदैन ।’
सो अवसरमा वडाध्यक्ष नीजकाजी शाक्यले वडाबासीको चाहना नै महानगरको लक्ष्य हो । प्रचलित व्यवस्थाका आधार मानेर स्थानीय विकास अपेक्षा पूरा गरिने बताए । स्थानीय सम्पदाको प्रवर्धनबाट महानगरको पहिचान उच्च हुने वडाध्यक्ष शाक्यको भनाइ थियो ।
कि. नं. १९२७, १९५३, १९५४ को १५३.०१ बर्ग मिटर र कि। नं. ७३४ को १५.९० वर्गमिटर क्षेत्रमा भवन निर्माण हुने सो भवन साढे ४ तदाकाृ हुने छ । भवन निर्माणको कुल लागत करीव ४ करोड रुपैयाँ हो ।
पहिलो चरणमा महानगरले उपलब्ध गराउने ७५ लाख रुपैयाँ र उपभोक्ताले श्रमदानवापत् व्यहार्ने १५ प्रतिशत बराबर खर्चमा निर्माण कार्य हुनेछ । त्यसपछि क्रमशः संरचना थप गर्दै लगिने योजना छ । भवनमा देउता कोठा, धार्मिक र सामाजिक कार्यक्रम गरिने सभा कक्षहरु निर्माण हुनेछन् ।
यसमा निर्माण हुने भवनको नक्सा दस्तुर मिनाहा गर्ने प्रस्तावमा छलफल गर्दै असोज १८ गते बसेको कार्यपालिका बैठकले ३ लाख १५ हजार ८०५ रुपैयाँ दस्तुर मिनाहा गर्ने निर्णय गरेको छ ।
Categorized in सम्पदा/संस्कृति