५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

टिचिंग अस्पतालको रेडियोलोजी विभागबाट पेस्तोल र गोली भेटियो


प्रकाशित: आईतबार, २७ जेठ २०७५, १८ः५२ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । त्रि.वि. शिक्षण अस्पतालको रेडियोलोजी बिभागबाट प्रहरीले एक थान कटुवा पेस्तोल र ३ राउण्ड गोली आईतबार बरामद गरेको छ ।

 
महाराजगंजस्थित त्रि.बि.बि.शिक्षण अस्पतालको परिसरभित्र रहेको ब्लक सि स्थित रेडियोलोजी बिभागको एक्सरे गर्ने कोठामा रहेको दराजको ८१ नम्बर लकरबाट पेस्तोल र  गोली फेला पारी प्रहरीले जनाएको छ ।

 
उक्त लकर बन्द रहेकोमा खोली हेर्दा कालो रंगको प्लाष्टिकमा लुकाई छिपाई राखेको अवस्थामा उक्त हतियार फेला पारी प्रहरीले बरामद गरेको हो ।

 
यस समबन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex