६ कार्तिक २०८३, बिहिबार
Binod Yojesh Ram

शंखधरको भव्य सालिक बनाउन काठमाडौं महानगर तयार


प्रकाशित: मंगलवार, ९ मंसिर २०७७, १७ः५० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाका राष्ट्रिय विभूति शंखधर साख्वाःको भव्य सालिक बनाउन तयार रहेको जनाएको छ ।


प्रमुख विद्यासुन्दर शाक्यले मंगलवार कामपा १५ वडास्थित लखुतीर्थमा शंखधर साख्वाः दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै  साख्वाःको प्रतिमा राख्ने उपयुक्त स्थान उपलब्ध भएमा त्यहाँ महानगरपालिकाबाट अझ भव्य प्रतिमा स्थापना गर्ने प्रतिवद्धता जनाएको छ । 


काठमाडौंको पुरानो रत्नपार्कको नाम परिवर्तन गरी शंखधर पार्क नामाकरण गरिएपछि आइरहेको टिकाटिप्पणीप्रति लक्षित गर्दै प्रमुख शाक्यले भने,‘नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाःको योगदानलाई चिरस्मरणीय बनाउन काठमाडौं महानगरपालिकाले गत शनिवार शंखधर उद्यानमा शंखधर साख्वाःको सालिक स्थापना गरेको हो । त्यहाँ सालिक राखिएकोमा केही केहीको गुनासो पनि आएको सुनियो । शंखधर साख्वाःको सालिक त्यहाँ नराखी अर्कै कुनै ठाउँमा राख्दा राम्रो हुने सुझाव पनि आएको छ । यदि कतै त्यस्तो ठाउँ छ भने हामीलाई भन्नोस्, हामी त्यहाँ अहिलेको भन्दा पनि भव्य शंखधर साख्वाःको सालिक स्थापना गर्नेछौँ ।’


किंवदन्ती अनुसार शंखधर साख्वाःले लखुतीर्थबाट लिएको वालुवा नै सुनमा परिणत भएको र उहाँले त्यही सुन बेचेर आएको पैसाले ऋणमा डुबेका तत्कालीन नेपाली जनतालाई ऋणमुक्त गरी नयाँ युग शुरु भएको संकेत स्वरुप नेपाल संवत् स्थापना गरेका थिए । 


शंखधरसँग जोडिएको उक्त लखुतीर्थलाई पनि अहिले काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गरी धार्मिक पार्कको रूपमा विकास गर्न लागिएको छ । 


सो अवसरमा नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति–११४१ द्वारा आयोजित उक्त कार्यक्रममा बोल्दै समितिका अध्यक्ष रमेश महर्जनले सबैबाट प्रयास भएमा नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन सफलता प्राप्त गर्न सहज हुने बताए । 


आफ्नै देशको नामबाट नेपाल संवत् स्थापना गर्नुहुने शंखधर साख्वाःको योगदानको कदर गर्दै नेपाल सरकारले नेपाल संवत् ११२० कछलाथ्व दशमि अर्थात् वि.सं. २०५६ मंसिर २ गते उहाँलाई राष्ट्रिय विभूति घोषित गरेको थियो । 


उनलाई राष्ट्रिय विभूति घोषणा गरेको दिन कछलाथ्व दशमिलाई ‘शंखधर दिवस’ का रूपमा मनाउने गरिएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika