६ कार्तिक २०८३, बिहिबार
Binod Yojesh Ram

कमलपोखरी पुननिर्माणमा ढिलासुस्ती नगर्न ठेकेदारलाई प्रमुख शाक्यको निर्देशन


प्रकाशित: शनिवार, २९ कात्तिक २०७७, १५ः०० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरी पुर्ननिर्माणमा ढिलासुस्ती नगर्न प्रमुख शाक्यको निर्देशन ठेकेदारलाई निर्देशन दिएको छ । 


शुक्रवार कमलपोखरी पुननिर्माणको स्थलगत निरक्षणको क्रममा काम सन्तोषजनक नभएको भन्दै प्रमुख शाक्यले काममा ढिलासुस्ती नगर्न ठकेदार कम्पनीलाई निर्देशन हो । 


निर्धारित समय भित्रै सम्पन्न गर्ने गरी कामलाई दु्रतरुपमा अघि बढाउन प्रमुख शाक्यले निर्देशन दिएको छ । । ‘काममा ढिलासुस्ती भयो भन्ने गुनासो आएपछि म आफैँ स्थलगत अनुगमनका लागि आएको हुँ,’ शाक्यले भन्नुभयो, ‘काठमाडौँ महानगरपालिकाले आर्थिक अभाव हुन दिदैन । तपाईँहरुले यो वा त्यो बहानामा काम रोक्न पाउनुहुन्न ।’


६ करोड ३६ लाखको लगानीमा निर्माण भैरहेको पोखरी महानगरपालिका वडा नम्बर–१ रहेको छ । करीब २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको कमल पोखरीको स्वरुप अब फेरिने छ । 


‘कमल पोखरीको अस्थित्व जोगाउँदै पुर्ननिर्माणको काम अघि बढाएका छौँ,’ शाक्यले भने, ‘महानगरपालिको केन्द्रभागमा रहेको यो पोखरी पुर्ननिर्माणपछि काठमाडौँवासीका लागि आकर्षक स्थल बन्ने छ ।’ 


छठको बेलामा व्रतालुहरुलाई बस्न र छठ मनाउनका लागि समेत सहज हुने गरी पोखरी निर्माण भैरहेको प्रमुख शाक्यले सो अवसरमा जानकारी दिए । सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतका अनुसार कमलपोखरी बास्तुशास्त्रमा आधारीत भएर निर्माण हुने छ । 


पोखरी छिर्ने गेटलाई नेपाली स्वरुप दिइने छ भने पोखरी निर्माणमा नेपाली इट्टा र दर्शन ढुंगा प्रयोग गरिने छ । पोखरी आसपासमा नेपालीपना झल्काउन झिँगटीका छाना रहने छन । त्यसैगरी  विभिन्न ठाउँमा चैत्य राख्ने र पाँचओटा मकरधार निर्माण पनि आयोगले जानकारी दिएको छ ।  


काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विकास विभावका प्रमुख राम थापाले अब बन्ने कमल पोखरी वरीपरी चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उधान र सार्वजनिक स्थल रहने जानकारी दिए । 


उहाँले अहिले अनधिकृत संरचना हटाउनेलगायतका काम भैरहेको भन्दै मंसिर मसान्तासम्म काम सम्पन्न गर्ने गरी सम्झौता भएको भन्दै  आवश्यकता र औचितत्यका आधारमा केही समय म्याद गर्न सकिने बताउनुभयो । तर, विभिन्न वाहनामा काम रोक्ने र समयमा काम सम्पन्न नगरे कारवाही गर्ने समेत चेतावनी थापाले दिनुभयो । 


इन्जिनियर प्रेम श्रेष्ठले बृद्धबृद्धालाई समेत ध्यानमा राखेर निर्माणको ढाँचा तयार पारिएको भन्दै सो पोखरीमा रात्रीकालिन वत्तीको समेत व्यवस्था गरिएको जानकारी दिए ।


निर्माण व्यवसायी अर्जुन कडेँल र इन्द्र सिटौलालेले ४५ प्रतिशत काम सम्पन्न भएको भन्दै अनुगमनमा पुगेका प्रमुख शाक्य, काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अघिकृत राजेश्वर ज्ञवाली, वडाध्यक्ष भरतलाल श्रेष्ठलगायतका सामू फागुन मसान्तासम्ममा काम सम्पन्न गरी महानगरपालिकालाई हस्तान्तरण गर्ने प्रतिवद्धता गरे । 
 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika