काठमाडौ । ललितपुरको ईमाडोलमा शुक्रवार दिउँसो आगलागी भएको छ ।
महालक्ष्मी नगरपालिकाको वालकुमारी नजिकै इमाडोलस्थि फोहोर मैला व्यवस्थापन शाखाको अफिसमा आगलागी भएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरका एसएएसपी टेकप्रसाद राईका अनुसार चार वटा दमकलको सहायतामा निभाइएको हो ।
उक्त आगलागी कीरा मार्ने बेगनहरूबाट लागेको प्रहरीले बताए । मिति सकिएका बेगनका बट्टाहरू डिस्पोज गर्न क्रममा आगलागी भएको हो ।
आगलागीबाट तीन वटा गाडी पूर्ण रूपमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
Categorized in समाज