काठमाडौं । प्रचण्ड गर्मीको कारण महोत्तरीको गौशालामा एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आईतबार गौशाला नगरपालिका – ८ मा खेतमा धान रोप्ने क्रममा अत्यधिक गर्मीका कारण बेहोस भई स्थानीयवासी ३५ वर्षीया सिकिलदेवी सदाको मृत्यु भएको छ ।
सादा गर्मीको कारण अचानक बेहोस भएपछि सदाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
शव परीक्षणका लागि जलेश्वर पठाइएको प्रहरी बताएका छन् ।
Categorized in समाज