२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

काष्ठमण्डप बैशाख १२ गते उद्घाटन गर्ने तयारी 


प्रकाशित: शुक्रवार, २१ कात्तिक २०७७, २०ः३०
- महानगरखबर

काठमाडौं । एतिहासिक सम्पदा काष्ठमण्डप बैशाख १२ गते उद्घाटन हुने काष्ठमण्डप पुननिर्माण समितिले जनाएको छ । 


विनासकारी भूकम्प २०७२ साल बैशाख १२ गते गएको शक्तिसाली भुकम्पले क्षतिग्रस्त भएको काष्ठमण्डप सोही दिन उद्घाटन गर्ने तयारी गरिएको हो । 


शुक्रवार काष्ठमण्डप पुननिर्माणको भ्रमण आएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काष्ठमण्डप ध्वस्त भएकै मितिमा उद्घाटन गरिने जानकारी दिदैँ शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठसंग काष्ठमण्डप पुननिर्माणको प्रगतिको बारेमा जानकारी लिएका थिए ।

 
परराष्ट्रमन्त्री ज्ञवालीले हालसम्मको प्रगतिको खुलेर प्रशंसा गर्दै भने, ‘काष्ठमण्डपको पुननिर्माणको अवस्था देख्दा स्थानीय जनता सहितको सहभगितामा सम्पदा निर्माणमा नमुना स्थापित भएको देखेको छु’ ।


मौलिक परम्परालाई जोगाएर तिब्रताका साथ काम भएको देख्दा सरकारको तर्फबाट मैले धन्यबाद दिनैपर्छ, यस्ता सम्पदा पुननिर्माणमा स्थानीय जनताको सहभागिता मुख्य देन हो मन्त्री ज्ञवालीको भनाई थियो ।


स्थानीयको समेत सहभागितामा काष्ठमण्डप पुननिर्माण समिति मार्फत पुनःनिर्माण गर्न शुरु देखिनै पहल थालेका मन्त्री श्रेष्ठले हालसम्मको प्रगति देखेर खुसी व्यक्त गरेका थिए । 


उनले भने, ‘हनुमानढोका दरबारक्षेत्र लगायत देशका महत्वपुर्ण सम्पदा पुनःनिर्माण गर्दा स्थानीयलाई सहभागिता गराउनु आवश्यक छ । काष्ठमण्डप पुननिर्माण समितिले गरेको कामको प्रशंसा गर्दै तोकिएकै समयमा सम्पन्न गर्नु मुख्य दायित्व रहेको तथा हामीले मिति घोषणा गरिसकेका छौ, सोही आधारमा तयार थाल्न आग्रह गर्छु ।’ 


काष्ठमण्डप पुननिर्माण समितिका  संयोजक एवं वागमती प्रदेश सांसद राजेश शाक्यले केही प्राविधिक समस्या आएपनि तोकिएकै समयमा पुननिर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘हामीले एतिहासिक जिम्मेवारी पाएका छौ, त्यसलाई पुरा गर्नेछौ । यो हाम्रो मुख्य कर्तब्य हो ।’


उनका अनुसार काष्ठमण्डप पुननिर्माण सम्पन्न गर्न करिब १३ करोड रुपिया लाग्नेछ । सरकारको तर्फबाट पुननिर्माण गर्दा करिब १९ करोड रुपिया अनुमान गरिएको थियो । काठमाडौं महानगरपालिकाको पुर्ण आर्थिक सहयोगमा पुननिर्माण भैरहेको सो सम्पदाको लागि महानगरपालिकाले करिब साढे १० करोड रुपिया उपलब्ध गराइसकेको छ । 


पुननिर्माणमा प्रयोग भएको प्रविधिबारे जानकारी  दिदै संयोजक एवं प्रदेश सांसद शाक्यले हामीले सातौ शताब्दीकै प्रविधि प्रयोग गरेका छौ । माटो र त्यसबेला  प्रयोग गरेका समाग्रीलाई  प्रयोग पुननिर्माण गरेका छौ । सातौ शताब्दीमै प्रयोग गरिएको साइजको इट्टा प्रयोग गरेका छौ , समितिले इट्टा निर्मँण कम्पनीलाई विशेष आग्रह गरी सातौ शताब्दीकै साइजको इट्टा निर्माण गर्न लगाएको छौ । 


अहिले करिब ७५ प्रतिशत काम सकिएको छ । फागुन अन्तिम सम्म सक्नेछौ । सरकारले घोषणा गरेकै समयमा उद्घाटन गर्नेगरी अन्तिम काम भैरहेको बताए । काष्ठमण्डप पुननिर्माण भैसकेपछि काष्ठकलाको विषयमा अध्ययन गर्नेका लागि एकमात्र सम्पदा हुने उनको भनाई थियो । हामीले सबै कामको डकुमेन्टेशन गरेका छौ । कुन समान कति लाग्यो तथ्याङक तयार पारेका छौ –उहाको भनाई थियो । 


काष्ठमण्डप पुननिर्माण गर्न करिब १३ हजार क्युफिट काठ लाग्ने अनुमान गरिएको छ । समितिले २०७५ वैशाख ३१ मा काम शुरु गरेको थियो । महानगरपालिका र समिति बीच जेठ २९ गते सम्झौता भएपनि पुननिर्माण शुरु भएको थियो । 


पुननिर्माण भैरहेको काष्ठमण्डप चार घेराको सय वटा थाम हुनेछन् । संकल्प पूजा गरेर गत माघमा ठड्याइएका २५ फिट अग्ला चारवटा मूल थाम पहिलो घेरा हो । दोस्रो घेरामा जोडाका दरले ३२ वटा थाम ठड्याइनेछ । तेस्रो र चौथो घेरामा एक(एक वटाका दरले क्रमशः २८ र ३६ वटा थाम राखिनेछ ।


काष्ठमण्डपको पुननिर्माण गर्न ठुलो र सानो आकारको गरी २ लाख थान  माःअप्पा इट्टा लाग्ने अनुमान गरिएको छ । ठुलो आकारको ९० हजार र सानो आकारको १ लाख १० हजार थान इट्टा आवश्यक पर्नेछ । अवलोकन कार्यक्रममा प्रदेश सांसद अजयक्रन्ति शाक्य , गौतम शाक्य लगायत समितिका पदाधिकारीको उपस्थिति रहेको थियो । 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex