३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

काठमाडौ महानगरले खाना खुवाउने कार्यलाई व्यवस्थित गर्नेः प्रमुख शाक्य


प्रकाशित: प्रकाशित: बुधवार, १९ कात्तिक २०७७, १९ः बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्र भित्रका विभिन्न सार्वजनिक र भिडभाड हुने स्थलहरूमा हालै भइरहेको निःशुल्क खाना खुवाउने कार्यलाई व्यवस्थित गर्ने बताएको छ । 


महानगरले बुधवार पत्रकार सम्मेलन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सो कुरा बताउने भने, ‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’ भन्ने काठमाडौँ महानगरपालिकाको नीति नै हो । 


‘अरु सबैको आसय पनि कोही भोको नपरुन भन्ने नै हो,’ शाक्यले भने, ‘अहिले काठमाडौं महानगर क्षेत्र भित्रका विभिन्न सार्वजनिक र भिडभाड हुने स्थलहरूमा हालै भइरहेको निःशुल्क खाना खुवाउने कार्यलाई हामी छिटै व्यवस्थित गर्छौ ।’ 


प्रमुख शाक्यले महानगरवासीको स्वस्थ्य जीवनप्रति काठमाडौँ महानगरपालिका सम्वेदनशील रहेको भन्दै जिम्मेवार ढंगले त्यसका व्यवस्थापनमा लाग्ने पनि प्रतिवद्धता व्यक्त गरेका छन । 


‘हामी सबैले समन्वय गरेर अघि बढ्ने हो भने समस्यामा परेका श्रमिक, गरिब र असहायलाई दुई छाक खाने र उनीहरुको चुल्हो ननिभ्ने व्यवस्था सजिलै गर्न सकिन्छ,’ उनले भने, ‘ समस्यामा परेका श्रमिक, गरिब र असहायको सेवामा निरन्तर खटिरहनु भएका विभिन्न संघ–संस्था र व्यक्तिलाई अहिलेसम्म गरेको मानवीय सेवाका लागि धन्यवाद दिदैँ काठमाडौँ महानगरपालिकासँग समन्वय गर्न विनयपूर्वक आग्रह गर्न चाहन्छ । त्यसका लागि तपाईँहरुले खुलामञ्च होइन पार्टी प्यालेसलगयतका ठाउँमा खाना खुवाउने व्यवस्था गर्नुहोला । काठमाडौँ महानगरपालिका पार्टी प्यालेसको भाडा व्यहोर्न तयार छ । सक्नेले श्रम गर्नुपर्छ । खुलामञ्चमै खाना खुवाउन पाउनुपर्छ भनेर कसैले पाखुरा सुर्किनु पर्ने आवश्यक छैन ।’ 


शाक्यले आफुहरु जिम्मेवार नियकाय भएकाले राजनीतिक स्वार्थभाव राखेर मुठभेड गर्ने वा गैर जिम्मेवार बन्ने पक्षमा नरहेको पनि बताए ।कोही पनि भोको नरहने गरी हामी सम्वन्धित नियकायसँग पनि समन्वय गरी रहेका सो पत्रकार सम्मेलनमा प्रमुख शाक्यले जानकारी दिए । 


लकडाउन अवधिभर काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामार्फत ‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’ भन्ने मूल नाराका साथ खान नपाउने, बेरोजगार, अशक्त र असहायलाई राहत वितरण र खाना खुवाउने कार्य गरेको पनि स्मरण समेत गराए । 
महानगरपालिकाले सो अवधिमा मात्रै काठमाडौँ महानगरपालिकाले १ लाख ५० हजार भन्दा बढी परिवारलाई राहत वितरण र २ लाख ५० हजार बढीलाई खाना खुवाउने कार्य गरेको थियो । 


पत्रकार सम्मेलनमा प्रमुख शाक्यले लामो समयको लकडाउनपछि पनि कोरोनाको महामारीबाट मुक्त हुन नसकेको अवस्थालाई ध्यानमा राख्दै काठमाडौँ महानगरपालिका क्षेत्र भित्र बसोबास गरिरहेका काम गर्न सक्ने तथा कोभिडका कारण बेरोजगार भएकाहरुलाई उनीहरुको सामथ्र्य र सिपको आधारमा रोजगारी दिई काठमाडौँ महानगरपालिकाले जीवन निर्वाहका लागि पारिश्रमिक दिने कार्यको थालनी गरेको पनि जानकारी गराउन गराए । 


महनगरको कार्यपालिकाको बैठकले जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि, २०७७ नै पारित गरि कार्यान्वयनमा रहेको भन्दै उक्त कार्यविधिमा उनीहरुलाई वडा कार्यालयबाट सार्वजनिक पूर्वाधार विकास, सार्वजनिक पूर्वाधार मर्मत सम्भार, ढल निकास तथा फुटपाथ व्यवस्थापन, सम्पदा संरक्षण र सौन्दर्यीकरण जस्ता काममा लगाउने उल्लेख रहेको बताए । 


हुनेखानेले मात्रै होइन दीनहीनले पनि स्वस्थ्यकर र पेटभरी खाना खान पाउनुपर्छ, काठमाडौँ महानगर यो मान्यतामा दृढ छ । श्रम गरी खान सक्ने युवालाई श्रमप्रतिको सम्मानका लागि प्रेरणा जागृत गराउनुपर्छ, अल्छी बनाउनुहुन्न भन्दै काठमाडौंलाई गरिखानेहरूको शहरका रुपमा चिनाउनुपर्ने वताए । 


‘कोरोना कहरका बेला सार्वजनिक स्थान र सडकमा स्वास्थ्य मापदण्डको सामान्य पनि ख्याल नगरी जथाभावी लाइन लगाएर खाना खुवाई स्वास्थ्यमाथि नै हेलचेक्य्राइँ गरी उनीहरुकै कथा–व्यथा बेचेर विश्वमै ऐतिहासिक र साँस्कृतिक शहरका रुपमा परिचित काठमाडौँ मागिखानेहरुको शहर हो भनी विश्वलाई चिनाउने प्रयास कसैबाट नहोस भन्ने पनि हाम्रो चाहना छ,’ उनले भने, ‘कोरोना महामारीका कारण रोजगारी गुमी केही समयका लागि हातमुख जोड्ने समस्याले पेट भर्नकै लागि ताँती लागेका नागरिकहरूको निर्दोष अनुहारलाई सामाजिक सञ्जाललगायतमा व्यापक बनाउँदा कसैलाई क्षणिक लाभ पुगे पनि सम्बन्धित नागरिकको आत्मसम्मानलाई भने यसले आघात पु¥याउने कुराप्रति हामी सबै सचेत हुनै पर्दछ ।’

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex