काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यकी छोरी पलिस्था शाक्यले प्लाज्मा दान गरेकी छिन ।
प्रमुख शाक्यका अनुसार पलिस्थाले शुक्रवार मात्रै कान्तिपुर अस्पताल तीनकुनेमा पुगेर ‘प्लाज्मा दान’ गरेकी हुन ।
प्रमुख शाक्यले कोरोना संक्रमणका कारण गम्भीर बिरामीको प्लाज्मा थेरापीमार्फत जीवन बचाउन सहयोगका लागि ‘प्लाज्मा दान’गर्न अपिल समेत गरेका छन ।
केही समय अघि कोरोनामुक्त भई स्वस्थ जीवनमा प्रमुख शाक्यले कोरोनाका गम्भीर बिरामीको ज्यान बचाउन आफु प्लाज्मा दान दिन तयार रहेको भन्दै अरुलाई पनि यस्तो पुन्य काममा सहयोग गर्न अपिल गरेका हुन ।
शाक्यले भने, ‘मलाई कोरोना संक्रमण भएको केही दिनपछि पत्नी र छोरीलाई पनि पोजेटिभ देखियो । अहिले हामी सबै स्वस्थ जीवनमा फर्किएका छौँ ।’
कोरोनाका कारण गम्भीर बिरामी भएकाहरुको जीवन बचाउन प्लाज्मा थेरापीले उपचारमा ठूलो सहयोग मिल्ने र संक्रमणमुक्त भइसकेकाहरुलाई ‘प्लाज्मा दान’ गर्न पनि प्रोत्साहन होस भन्ने उदेश्यले परिवारबाटै प्जाज्मा दिन सुरुवात गरेको शाक्यले जानकारी दिए ।
पलिस्था शाक्यले दान गरेको प्लाज्माबाट कोभिड र निमोनियाका कारण विरामी भई ओम नर्सिङ होममा उपचार गराइरहनु भएकी काठमाडौँ महानगरपालिका वडा–४ की ७६ वर्षिया महिलाको उपचार भैरहेको छ ।
‘काठमाडौँ उपत्यकाका र महानगरपालिका पछिल्लो समय कोरोनाको हटस्पट बनिरहेको छ । यस्तो बेलामा संक्रमणपछि स्वस्थ जीवनमा फर्किनु भएका र स्वस्थ मानिसलाई प्जाज्मा दान गर्ने हो भने धेरैको ज्यान बचाउन सकिने प्रमुख शाक्यको भनाई छ ।
प्रमुख शाक्यले कोरोना संक्रमित भनेर कसैले कसैलाई दुव्र्यवहार नगर्न पनि विनयपुर्वक आग्रह गर्दै संक्रमितलाई सबैको प्रोत्साहन प्राप्त भयो भने सबै भन्दा ठूलो औषधी हुने वताए ।
काठमाडौँ महानगरपालिकाका विभिन्न वडामार्फत संक्रिमितलाई प्रोत्साहन दिन फलफुल, मास्क, आर्योवेदिक औषधीलगायतका सामाग्री लिएर जनप्रतिनिधि होमआइसोलेसन र आइसोलेसनमामा पुग्ने गरेको पनि प्रमुख शाक्यले जानकारी दिए ।
Categorized in स्वास्थ्य