काठमाडौं । काठमाडौं उपत्यकामा विहिवार २ हजार ५४० नयाँ संक्रमित थपिएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा २ हजार ८५, भक्तपुरमा ३२० र ललितपुरमा १३५ जना संक्रमित थपिएको हो ।
यो सँगै उपत्यकामा संक्रमितको संख्या ३६ हजार २८९ पुगेको छ ।
बिहीबार देशभर ४ हजार ३६४ कोरोनाका संक्रमित थपिएको हो । यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ९८ हजार ६१७ पुगेको छ।
यस अवधिमा २ हजार ६७५ जना कोरोनाबाट निको भएर कोरोनाबाट निको हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ ।
Categorized in समाज