२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

जागरुक युवाद्धारा रक्तदान


प्रकाशित: मंगलवार, २० असोज २०७७, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । महामारीको समयमा कसैले रगतको अभावमा ज्यान गुमाउन नपरोस भनी काठमाडौंमा पछिल्लो समय रक्तदान कार्यक्रमलाई तीव्रता दिइएको छ ।


संक्रमणको डरले मानिसहरु घरबाट कमै मात्र निस्किने र रक्तदाता घरमै रहँदा रगतको अभाव बढ्न सक्ने भन्दै विभिन्न संघसंस्थाहरुले रक्तदानलाई तीव्रता दिन थालेको हो ।


यसै क्रममा जागरुक युवा समाजले काठमाडौंमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । 


ब्लड डोनर्सएशोसिएसन नेपाल (ब्लोदान) को आह्वानमा जागरुक युवा समाजको कमाठमाडौं ढल्कोमा रक्तदान कार्यक्रमको आयोजन गरेको हो । 


कार्यक्रममा २० जना स्थानीय रक्तदाताले रक्तदान गरेका थिए ।


कार्यक्रममा ब्लोदानका केन्द्रीय अध्यक्ष सानुबाबु प्रजापति, कामपा १७ वडाका अध्यक्ष नवीन मानन्धर, ब्लोदानका केन्द्रिय सदस्य साथै कामपा २४ वडाका सदस्य विनोद तुलाधर, ब्लोदान मध्य क्षेत्रका पदाधिकारी, सदस्यहरुको साथमा वागमती प्रदेश सांसद वसन्त मानन्धरसमेतको सहभागीता रहेको थियो । 


कार्यक्रमको संयोजन जागरुक युवा समाजका सह सचिव राजीव श्रेष्ठले संयोजन गरेका थिए ।


समाजले यस अघि पनि काठमाडौंको थँहिति, त्यौड लगायतका क्षेत्रमा रक्तदान कार्यक्रम सम्पन्न गरिसकेको छ । साथै समाजले आउँदो शनिबार इतुम्बहालमा पनि रक्तदान कार्यक्रम गर्ने भएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex