२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

कोरियन भाषा परिक्षा केन्द्रबाट ४७ नक्कली परीक्षार्थी पक्राउ


प्रकाशित: शनिबार, २६ जेठ २०७५, २१ः३३ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौँ । आजबाट सुरु भएको कोरियन भाषा परिक्षाको विभिन्न केन्द्रबाट महानगरीय प्रहरी परिसर काठमाडौँले ४७ नक्कली परिक्षार्थीलाई पक्राउ गरेको छ ।


परिसरअन्तर्गतका विभिन्न वृत्त तथा प्रभागको टोलीले उनीहरुलाई शनिबार दिउँसो नियन्त्रणमा लिएको जनाएको छ ।

 
परिसरका प्रवक्ता मोहनकुमार थापाका अनुसार उनीहरुलाई सातवटा परीक्षा केन्द्रमा अर्काे व्यक्तिको परीक्षा दिन राहदानी र प्रवेशपत्रसमेत लिई परीक्षा दिइरहेको अवस्थामा जाँच गर्दा पक्राउ गरेको हो ।

 
तीमध्ये जेभियर इन्टरनेशनल स्कुल, बौद्धबाट १३ जना, गोल्डेनगेट इन्टरनेशनल कलेज बत्तीसपुतलीबाट १, भिएस निकेतन तीनकुनेबाट ११, नोवेल एकेडेमी नयाँ बानेश्वरबाट ५, युनिभर्सल कलेज, मैतीदेवीबाट ५, जेभियर इन्टरनेशनल कलेज, कालोपुलबाट ४ र टाइम्स इन्टरनेशनल कलेज डिल्लीबजारबाट ८ जनालाई नियन्त्रणमा लिइएको परिसरले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika