काठमाडौं । ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनलाई कोरोनाभाइरस संक्रमण भएको छ ।
प्रमुख महर्जनलाई महर्जनलाई जिउ दुख्ने, टाउको दुख्ने स्वास्थय समस्या देखिएपछि स्वाब परिक्षण गरिएको थियो ।
महानगरका प्रवक्ता राजु महर्जनका अनुसार शुक्रवार महर्जनको रिपोर्ट कोरोना पोजिटिभ आएपछि संक्रमण पुष्टि भएको हो ।
प्रमुख महर्जन बखुन्डोलस्थित घरमै आइसोलेसनमा बसेको प्रवक्ता महर्जनले बताए ।
Categorized in समाज