काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं १८ मा शनिबारबाट जेष्ठ नागरिक मनोरञ्जन सेवा केन्द्र सुरु भएको छ ।
काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यको विशेष उपस्थितमा कामपा वडा नं १८ ले सो मनोरञ्जन केन्द्र उद्घाटन गरेर सेवा आरम्भ गरेको वडाले जनाएको छ ।
सो सेवा उद्घाटनको क्रममा मेयर शाक्यले लामो समय जनप्रतिनिधिविहीनताको अवस्थाले सिर्जना भएको अभाव पूरा गर्न समय लाग्ने भन्दै कामलाई प्राथमिकतामा राखेर आफूहरु नागरिकको समस्या समाधान गर्नेतिर लागिरहेको बताए ।
सो उद्घाटन कार्यक्रममा काठमाडौँ क्षेत्र नं ७ का संघीय संसद् सदस्य रामवीर मानन्धरले नागरिकले स्थानीय सरकारको उपस्थिति महसुस गर्न थालेको बताउनुकासाथै राजनीतिक उपलव्धिले सामाजमा जेष्ठ नागरिकहरुको सम्मानमा विभिन्न सेवा सुविधाहरु प्रदान गर्ने वताए ।
वडामा भएका ६० वर्ष उमेर पूरा भएका जेष्ठ नागरिकलाई लक्षित गरी जेष्ठ नागरिक मनोरञ्जन सेवा केन्द्र स्थापना गरिएको हो ।
हाल सेवा केन्द्रमा , तबला, पछिमा, हार्मोनियम, बाँसुरी, मादलजस्ता वाद्ययन्त्र राखिएका छन् । वडाले रु दुई लाख खर्च गरेर यन्त्रहरु खरिद गरेको जनाएको छ ।
अलिले सो वडामा ६० वर्ष उमेर पूरा भएका करीब ७०० जना नागरिकहरुमा ६ सयले जेष्ठ नागरिक परिचय पत्र लिईसकेको छन् ।
Categorized in मनोरन्जन