काठमाडौं । रातो मत्स्येन्द्रनाथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेकाहरुलाई निःशर्त रिहा गर्न ललितपुरका जातिय खलःपुचःहरुले माग गरेका छन ।
शनिवार ललितपुरका नेपाल भाषा मंका खल लगायत १९ वटा जातीय खलः पुचःले संयुक्त वक्तव्य जारी झडपको विषयलाई लिएर प्रहरीले घरघरमा गएर मानिसहरु पक्राउ गरेकोमा विरोध जनाएका छन ।
खलःपुचःहरुले त्यसलाई रोक्न र पक्राउ गरेकाहरुलाई विना शर्त छोड्न माग गरेका छन । विहिवार ललितपुरमा स्थानीय युवाहरुले स्वर्तफूर्त रुपमा रथ तानेपछि झडप भएको थियो । झडपपछि प्रहरीले घरघरमा गएर स्थानीयहरुलाई समातेका थिए ।
सो क्रममा सम्पदा अभियन्ता यादवलाल कायस्थ, निरज बाडे, असोज महर्जन, केही सञ्चारकर्मी लगायतलाई प्रहरीले हिरासतमा राखेको छ ।
साथै जातीय खलः पुचःले रातो मत्स्येन्द्रनाथको रथयात्राको अवसरमा नखःत्या नबोलाउन अपील गरेको छ । कोरोनाको जोखिम भएकाले यस वर्ष नखःत्या नबोलाउन रन नखःत्या नजान अपील गरेको हो ।
जातीय खलः पुचःहरुले यो पटक आफन्त नबोलाउन र नजान सबैलाई अपील गरेको छ ।
Categorized in समाज