काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठुला निर्माण व्यवसायीको निर्माण क्षेत्रमा चलिएआएको रजगज समाप्त हुने बताएका छन् ।
पेरिस डाँडामा शनिबार साना निर्माण व्यवसायीहरुको भेटमा निर्माण क्षेत्रमा रहेको एकाधिकार तोडिने बताएका छन् ।
अध्यक्ष प्रचण्डले काम जिम्मा लिने तर समयमै काम नगर्ने प्रबृत्तिको अन्त्य हुने बताउँदै व्यवसायीलाई यसप्रति सचेत हुन आग्रह समेत गरे ।
सो भेटमा अध्यक्ष प्रचण्डले साना निर्माण व्यवसायीले काम नपाउने र ठूला व्यवसायीले काम होल्ड गर्दा विकासका काम रोकिएको बताए ।
उहाँले सरकारले व्यवसायीलाई काम गर्ने वातावरण दिनुपर्ने र व्यवसायीले पनि सम्झौताअनुसारको काम गर्नुपर्ने बताए ।
भेटमा व्यवसायी प्रतिनिधिले ठूला ठेकेदारले मेचीदेखि महाकालीसम्म सबै काम लिएर गरेर राखेको गुनासो गरेका छन् । सरकारले साना व्यवसायीलाई मात्र दबाब दिएको छ, ठूला व्यवसायीका कारण देशको विकास लथालिंग छ, त्यतातिर सरकारको ध्यान जानुपर्ने भन्दै अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।
नेपाल राष्ट्रिय निर्माण व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष नवराज खड्काले ठूला कम्पनीले काम होल्ड गरेर राख्दा त्यसको अपजस आफूहरुले बेहोर्नुपरेको बताए ।
Categorized in समाज