काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता थपिएको छ ।
उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले गृह मन्त्रायलसँग छलफल गरेपछि एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन ।
यस पटकको निषेधाज्ञा केही सेवालाई सञ्चालनका लागि छुट दिने तयारी गरेको छ ।
नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउजाउ गर्न सक्ने भनिएको थियो ।
होटल, रेष्टुरेन्ट, फुटपाथ पसलको हकमा अझै बन्द हुनेछन भने बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्नेछन ।
उपत्यकामा कोरोना भाइरसको संक्रमण ३ भदौदेखि लागू हुने गरी एक साता निषेधाज्ञा लगाउने आदेश जारी गरेका थिए ।
तस्वीरः रमिता
Categorized in राष्ट्रिय