काठमाडौं । काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले आफू कोरोनालाई पराजित गरेर नियमित काममा फर्कर्ने बताएका छन ।
प्रमुख शाक्यले मंगलवार एक अपिल जारी गर्दै भनेका छन,‘ म छिट्टै कोरोनालाई परास्त गरी तपाईहरुो सेवामा समर्मित हुने अटल विश्वास व्यक्त गर्न चाहन्छु ।’
आफू अहिले होम आईसोलेसनमा रहे पनि जनप्रतिनिधि र कर्मचारीहरुसँग निरन्तर समन्वयमा रहेर कोरोना रोकथाम र नियन्त्रणको प्रयासमा लाग्ने प्रतिवद्धता व्यक्त गरेको जारी अपिलमा उल्लेख छ ।
प्रमुख शाक्यले आफूलाई कोरोना पोजिटिभ देखिएपनि उच्च मनोवल भएको रहेको र आफ्नो स्वास्थ्य अवस्था पनि सामन्य रहेको अपिलमा वताएका छन ।
साथै प्रमुख शाक्यले आफूसँग एक अघिसम्म प्रत्यक्ष सम्पर्कमा आएकाहरु सबै सचेत रहन र आवश्यक्ता अनुसार पिसिआर परिक्षण गर्न पनि सुझाव दिएका छन ।
जारी अपिलमार्फत प्रमुख शाक्यले आफूप्रति देश–विदेशवाट विभिन्न माध्यवाट मेरो स्वास्थ्य अवस्थाको वारे चिन्ता र चासो व्यक्त गर्दै स्वास्थ्य लाभको कामना गर्नेहरु हजारौ शुभचिन्तकहरुलाई धन्यावाद दिएका छन ।

Categorized in समाज