५ कार्तिक २०८३, बुधबार
Binod Yojesh Ram

रानीपोखरी पुर्ननिर्माणको काम ८५ सतप्रतिसत बढी सम्पन्न 


प्रकाशित: शुक्रवार, १२ भाद्र २०७७, १९ः०० बजे
- महानगरखबर

काठमाडौ । रानीपोखरी पुर्ननिर्माणको काम ८५ सतप्रतिसत बढी सम्पन्न भएको रानीपोखरी पुर्ननिर्माण उपभोक्ता समितिले जनाएको छ । 


समितिका अध्यक्ष अजय स्थापितले रानीपोखरी पुर्ननिर्माणबारे जानकारी लिन र अनुगमन गर्न आज रानीपोखरी परिसर पुगेका शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई जानकरी दिए । 


रानीपोखरी पुर्ननिर्माण उपभोक्ता समितिले रानीपोखरी पुर्ननिर्माणको काम सम्पन्न हुने चरणमा रहेको जानकारी दिएको छ । ‘रानीपोखरी पुर्ननिर्माणको काम सत प्रतिशत र मन्दिर तथा सौदर्यीकरणको काम ८५ प्रतिशत सम्पन्न भएकोे छ,’ समितिका अध्यक्ष अजय स्थापितले मन्त्री र मेयरलाई जानकारी दिदै भने, ‘लकडाउनको अवधीमा पनि हामीले पुर्ननिर्माणको कामलाई निरन्तरता दिएका छौँ । सकेसम्म छिटो सम्पन्न गर्ने तयारीमा जुटेका छौँ ।’ 


स्थापितले सुरुमा पाँच जनाको उपभोक्ता समिति गठन गरी समितिको कामलाई अनुगमन गर्न काठमाडौँ महानगरपालिकाले रानीपोखरीसँग जोडिएका  वडा–१, २८ र २७ का अध्यक्षहरुको समिति बनाएको जानकारी दिए ।   


समितिले पुर्ननिर्माणको काम सम्पन्न गर्ने चरणमा पुराएको छ । कोभिडको समस्या हट्ने वित्तिकै उद्घाटन गर्ने तयारीमा रहेको समितिले जनाएको छ । 


काठमाडौँ महानगरपालिकाको पहलमा उपभोक्ता समिति गठन गरेर कामलाई सहज रुपमा अघि बढाउन सहयोग गरेको भन्दै प्रमुख शाक्यलाई अध्यक्ष स्थापितले धन्यवाद पनि दिए । 


अनुगमनका लागि रानीपोखरी परिसर पुग्नुभएका राज्यमन्त्री मानन्धरले सम्माननीय राष्ट्रपतिबाट शिलान्यास भएको रानीपोखरी कोभिड–१९ को महामारीका बीचमा पनि पुर्ननिर्माण जारी राखेर सम्पन्न हुने चरणमा पुग्नु गौरवको कुरा भएको बताए । 


२०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको रानीपोखरी काठमाडौँ महानगरपालिका र सबैको पहलमा पुर्ननिर्माण सम्पन्न हुनु गौरवको कुरा भएको राज्यमन्त्री मानन्धरले वताए । 


अुनगमनपछि संक्षिप्त मन्तव्य दिदै काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले काठमाडौँ महानगरपालिकाले सुरुमा विज्ञ समूह बनाएर उनीहरुकै राय–सुझाव अनुसार प्रताप मल्लकालिन स्वरुप, शैली र  निर्माण सामाग्रीको प्रयोग गर्ने प्रतिवद्धता जनाएको स्मरण गराए ।  


प्रमुख शाकयले भने, ‘गुम्बज शैलीलाई शिखर शैली बनाउनुपर्छ भनेर निर्णय गर्ने काठमाडौँ महानगरपालिका हो,’ भने ‘हामीले एउटा पुरानो तस्बिर फेला पारेपछि शिखर शैलीमै पुर्ननिर्माण गर्ने निर्णय गरेका थियौँ । लामो समय त्यो विषय विवादमा रह्यो  । सबैको सल्लाह–सुझाव अनुसार अन्तिममा त्यही शैली र स्वरुपमा पुननिर्माण गर्न सफल भएका छौँ ।’ 


रानीपोखरी पुर्ननिर्माण उपभोक्ता समितिका सचिव रोशन तुलाधरले २०७५ साल फागुन २० गतेबाट पुर्ननिर्माणको काम शुरु गरेको भन्दै मौलिक रुपमा उभ्याउन पाउँदा खुशी लागेको बताए ।


काठमाडौँ महानगरपालिकालगायत सबैले पूर्ण सहयोग गर्ने बचनबद्धता व्यक्त गरेपछि सबैको सहयोगको अपेक्षा गर्दै हामीले कामको थालनी गरेका थियौँ,’ उहाँले भन्नुभयो, ‘पौराणिक महत्वको पुरात्वात्कि ठाउँमा पुर्ननिर्माण गर्ने काममा हामीलाई  अनुकुल वातावरण प्राप्त  भएकै कारण यो अवस्थासम्म आएका हौँ ।’ 


सचिव तुलाधरले काठमाडौँको मौलिकतालाई पुर्नर्जिवन दिने काम भैरहेको पनि जानकारी दिँदै भने, ‘३ सय ६० वर्ष अघिको स्वरुपलाई जस्ताको त्यस्तै दिन त सम्भव नहोला तर मौलिकतालाई जोगाउँदै स्वरुप नमर्ने गरी हामीले पुर्नर्निमाण गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘८ महिनामा काम सम्पन्न गर्ने तयारीका साथ आएका थियौँ । ०७६ सालको तिहारमा सम्पन्न गर्ने हाम्रो तयारी थियो । मौलिकतालाई केलाई–केलाई काम गर्नुपर्ने भएकाले धेरै समय लाग्यो ।’


तुलाधरले पोखरीमा पानी भर्न विभिन्न विकल्प अघि सारेको पनि जानकारी दिए ।  उनका अनुसार प्राकृतिक स्रोतबाट पोखरी भर्ने तयारी छ । त्यसले नपुगे बाहिरी स्रोतबाट राख्ने योजना रहेको छ ।  ‘त्यसका लागि रानीपोखरी वरिपरी वर्षामा बग्ने पानीलाई शुद्धीकरण गरेर पोखरीमा राख्ने र मेलम्चीको पानी राख्ने वा डिप बोरिङ गरेर पानी भर्ने विकल्प बारे पनि हामीले सोचेका छौँ,’ उनले भने ।


तुलाधरका अनुसार पोखरी पुर्ननिर्माणका लागि मात्रै ९ करोड ५४ लाख र मन्दिर र सौर्दर्यीकरणका लागि करीब १५ करोड गरी करीब २५ करोडको लागतमा पुर्ननिर्माण भैरहेको छ  ।
 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika