काठमाडौँ । उपत्यका नगरपालिका फोरमका अध्यक्ष तथा काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकामा २८ हजारको कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङ गर्ने वताएका छन ।
सोमवार राजधानीमा फोरमको निर्णय सार्वजनिक गर्ने क्रममा प्रमुख शाक्यले सञ्चारकर्मीहरुलाई जानकारी दिएका हुन ।
प्रमुख शाक्यले अहिलेसम्म उपत्यकाका १८ वटै पालिकाको तथ्याङ्क अनुसार २७ सय ४६ जना संक्रमित भेटिएको भन्दै त्यसका आधारमा करीब २८ हजार पाँच सयको कन्ट्राक्ट ट्रेसिङ गर्नु पर्ने हुनसक्ने बताए ।
फोरमको बैठकले गरेका निर्णहरुको सार्वजनिक गर्ने क्रममा प्रमुख शाक्यले भने, ‘स्वास्थ्य मन्त्रालयको टीमसहित भोलिबाटै उपत्यकाका १८ वटै पालिकामा तालिका बनाएरै कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङको कार्य अघि बढाऔँछौँ’।
‘हामी उपत्यकाका सबै पालिकामा कन्ट्राक्ट ट्रेसिङको दायरामा परेका नागरिकको टेस्टिङ गर्छौ । यसमा स्वास्थ्य मन्त्रालयका अनुभवी टीम पनि हाम्रो साथमा रहने प्रमुख शाक्यको भनाई थियो ।
प्रमुख शाक्यले ढिलोमा १५ गतेसम्ममा ती सबैको परीक्षण सक्ने गरी तालिका बनाएर अघि बढ्ने पनि जानकारी दिए ।
त्यसैगरी बैठकले उपत्यकाका स्थानीय तहबाट प्रवाहित हुँदै आएका सेवाहरु मध्ये अत्याश्येकबाहेकका सेवालाई भदौ ९ गतेसम्म कायम गरिएकोमा पुनः भदौ १५ गतेसम्मका लागि स्थगन गर्ने निर्णय गरेको छ ।
‘उपत्यकाका स्थानीय तहबाट प्रवाहित हुँदै आएका सेवाहरु मध्ये अत्याश्येकबाहेकका सेवालाई भदौ ९ गतेसम्म कायम गरिएकोमा पुनः भदौ १५ गतेसम्मका लागि स्थगन गर्ने निर्णय गरेका छौँ,’ उपत्यका नगरपालिका फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले भने , ‘उपत्यकाका तीन वटै जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञाको अवधी पनि भदौ १५ गतेसम्म बढाउन हामीले आग्रह गरेका छौँ ।’
बैठकमा उपस्थित मेयरहरुले एकीकृत आइसोलेशन निर्माण गर्ने, डेलिकेटेट एम्बुलेन्सको व्यवस्था हुनुपर्ने, स्वास्थ्य मन्त्रालयले छिटो सूचना दिनुपर्ने जस्ता माग राखेका थिए ।
बैठकमा सहभागी स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका जनस्वास्थ्य सल्लाहकार डा. खेम कार्कीले कोरोना विरुद्धको युद्धमा एक जुट नहुने हो भने कोरोनाले जित्ने वताए ।
स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले नेपालले महामारी पहिलो पटक भोगेको भन्दै कन्ट्याक्ट ट्रेसिङ गर्ने, परीक्षण गर्ने आइसोलेट गर्ने उपचार गर्ने विधिलाई प्राथमिकता दिनुपर्ने बताए । ‘
स्वाथ्य विभागका महानिर्देशक दिपेन्द्र रमण सिंह, स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले उपत्यकामा रहेका संक्रमित बारे बताएका थिए ।
पछिल्लो समय कोटेश्वर, महाराजगञ्ज र बानेश्वर क्षेत्रमा बढी संक्रमित देखिएको भन्दै लगातर वृद्धि भएको वारे स्वास्थय विज्ञहरुले बताएका थिए ।
स्वास्थ्य सेवा विभाग डाक्टर अमिति पोख्रेलले कन्ट्याक्ट टे«सिङबाट चेन व्रेक गर्न सकियो भने ८५ प्रतिशत सुरक्षित हुने सुझाव दिएका थिए ।
Categorized in स्वास्थ्य