काठमाडौं । काठमाडौँ उपत्यकाका बुधबार ६१ जना कोरोना संक्रमित थपिएका छन ।
उपत्यकाका विभिन्न अस्पतालमा गरीएको स्वाब परीक्षणमा काठमाडौँका ५७ जना, र ललितपुरका ४ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
मन्त्रालयका अनुसार आज देशभर थप ३८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यो सँगै कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० जना पुगेको छ । आज १३० जना नयाँ डिस्चार्ज भएसँगै निको हुनेको संख्या १५ हजार १५६ जना पुगेको छ ।
Categorized in राष्ट्रिय